विपद् प्रभावितलाई भारतीय कम्पनीहरुको सहयोग – Nepalboli

विपद् प्रभावितलाई भारतीय कम्पनीहरुको सहयोग

   २०८१ आश्विन १९, शनिबार  

नेपालमा सञ्चालित भारत सरकारको कम्पनी ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले हालैको बाढीपहिरोबाट प्रभावितलाई राहतस्वरुप १५ लाख सहयोग गरेको छ । कम्पनीका उच्च अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

नेपालमा रहेका भारतीय कम्पनीले नेपालको विपद्का समयमा आर्थिक एवं भौतिक सहयोग गर्दै आएका छन् ।

नेपाल एसबिआई बैंकको २५ लाख सहयोग

नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) ले देशभर हालै भएको भारी र लगातार वर्षाका कारण पहिरो र बाढीबाट प्रभावितलाई राहत स्वरुप प्रधानमन्त्री विपद् राहत कोषमा २५ लाख रूपैयाँ योगदान गरेको छ।

एक कार्यक्रमकाबीच कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा उप प्रमुख कार्यकारी अधिकृत तथा मुख्य वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख मुख्य परिचालन अधिकृत यदवेन्द्र कान्त एवं विकास आनन्द, मुख्य व्यवसाय विकास अधिकृत रितेश अर्याल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै