मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक
सोमवार साझ बसेको मन्त्रीपरिषद बैठकका निर्णयहरु मंगलवार सार्वजनिक गरिएका छन । सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराउनुभएको हो।
सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णयसँगै जग्गा कित्ताकाट खुलाएको हो।
त्यसैगरी सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ भने २०८१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुने एक्सेलेरेटिङ इम्पिमेण्टेसन अफ एक्शन प्लान टु स्ट्रेन्थेन रिजनल कोअप्रेशन सोसियल प्रोटेक्शन बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाराकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५र१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिएर आयात गर्न स्वीकृति दिने निर्णयसमेत सरकारले गरेको छ।
नेपाल विद्युत प्राधिकरण र एसजेभिएनं लिमिटेडबिच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासको लागि हस्ताक्षर भएको समझदारीपत्रको म्याद एक वर्ष थप गर्ने निर्णयसमेत सरकारले गरेको छ।
कांग्रेस नेतृ चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत पदमा र गणतन्त्र फिजी न्युजिल्याण्ड, पपुआन्युगिनी, भानुआटु, टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ गणतन्त्र पलाउ, गणतन्त्र नाउरु, गणतन्त्र मार्शल, आइल्याण्ड्स र टोंगा अधिराज्यको लागि गैरप्रवासीय राजदुतको पदमा एक अवधि चार वर्षका लागि नेपालको संविधानको धारा २८२ बमोजिमको नियुक्तिका लागि सिफारिस गरेको छ।
