झण्डै १६ करोड ठग्ने सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ – Nepalboli

झण्डै १६ करोड ठग्ने सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

   २०८१ भाद्र १६, आईतवार  

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहकारी ठगीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । आइतबार एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई सीआईबीको टोली पक्राउ गरेको हो ।

सीआईबीले सहकारीबाट झन्डै १६ करोड हिनामिना भएको जनाएको छ । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष बविता डंगोल, सचिव कान्छाभाई डंगोल लगायत रहेको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरू समेतको मिलेमतोमा बचतकर्ताले जम्मा गरेको १५ करोड,९१ लाख, चार हजार ७३६ रुपैयाँ अपचलन तथा हिनामिना गरेको पाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै