सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम सुरु गर्दै राष्ट्रपतिद्धारा नागरिकसंग संवाद – Nepalboli

सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम सुरु गर्दै राष्ट्रपतिद्धारा नागरिकसंग संवाद

   २०८१ भाद्र १४, शुक्रबार  

राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रबार पहिलो दिन भक्तपुर दरबार स्क्वायरको पुग्नुभएको छ । राष्ट्रपति पौडेललाई भक्तपुर दरबार स्क्वायर पुग्नुहुँदा सांसद, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधारणले स्वागत गर्नुभएको थियो । भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधारणसँग संवाद समेत गर्नुभएको थियो ।

सो क्रममा सर्वसाधारणले आम नागरिकको ठुलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्‍याउन अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । सो क्रममा राष्ट्रपति पौडेलले आम नागरिकको ठुलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्‍याउने राम्रा लागि आफूले शासन सञ्चालन गर्ने नेताको ध्यानाकर्षण गराउने बताउनुभएको थियो ।

राष्ट्रपति पौडेलसँग सर्वसाधारणले सार्वजनिक सेवामा सहज पहुँच पुग्न नसकेको, महँगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्नुभएको थियो । सो क्रममा भक्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्राहलय निरीक्षण गर्नुभयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै