गएको एक बर्षमा वैदेशिक रोजगारीको क्रममा १३ सयभन्दा बढी नेपालीको मृत्यु – Nepalboli

गएको एक बर्षमा वैदेशिक रोजगारीको क्रममा १३ सयभन्दा बढी नेपालीको मृत्यु

   २०८१ भाद्र १०, सोमबार  

पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८०-०८१ मा विभिन्न कारणले एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएका हुन । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी विभिन्न रोग लागेका छन् । विभिन्न रोग लागेर २६१ जना नेपालीले ज्यान गुमाएका छन् । त्यसपछि आत्महत्या १९२, प्राकृतिक मृत्यु १९१, हृदयाघात १२०, सवारी दुर्घटनामा परेर १०३ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांकले देखाएको छ ।

त्यस्तै ७ जनाको हत्या भएको छ । ५४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ६० जनाको बिरामी भएर मृत्यु भएको छ । ६९ जनाको मृत्युको कारण थाहा नभएको, ४ जनाको कार्यस्थलमा दुर्घटना भएर, ६३ जनाको अन्य कारणले मृत्यु भएको छ ।

त्यस्तै ५१ जनाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ । ७ जनाको मृगौलाको रोग लागेर, ७ जनाको कोभिड–१९ का कारण, ७९ जना कार्डिक एरेष्टका कारण, ३९ जनाको क्यान्सरका कारण मृत्यु भएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै