मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक – Nepalboli

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

   २०८१ भाद्र ७, शुक्रबार  

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

बैठकले काठमाडौँ–तराईरमधेश द्रुतमार्ग सडक आयोजनालाई मकवानपुर जिल्लामा करिब ३३९७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त सदस्य–सचिव पदमा डा खगराज शर्मालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको जानकारी मन्त्री गुरुङले दिनुभयो ।

उहाँका अनुसार आगामी कात्तिक २२ देखि २४ गतेसम्म कोलम्बियाको बोगोटामा आयोजना हुन बालबालिकाविरुद्धको हिंसा अन्त्य गर्ने पहिलो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरू पालना गर्नेगरी हटाउने निर्णयसँगै बैठकले अन्य विभिन्न नौ वटा निर्णय गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै