सशस्त्र प्रहरी उपरीक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप – Nepalboli

सशस्त्र प्रहरी उपरीक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

   २०८१ भाद्र ७, शुक्रबार  

सशस्त्र प्रहरी बल, नेपाल नं ४३ रिजर्भ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहूविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाहूले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बी।ए। तह उत्तीर्ण गरेको भनिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति लिई लाभ, सुविधा लिई भ्रष्टाचार गरेको आरोप लागेको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै