भारतीय यात्रु सवार बस तनहुँमा दुर्घटना हुदा एक बालिकासहित २७ जनाको मृत्यु – Nepalboli

भारतीय यात्रु सवार बस तनहुँमा दुर्घटना हुदा एक बालिकासहित २७ जनाको मृत्यु

   २०८१ भाद्र ७, शुक्रबार  

तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा एक बालिकासहित २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार २७ जनाको मृत्यु भएको हो । बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। सबै शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ ।

बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। मृतकको शव नेपालस्थित भारतीय दूतावासको टोलीले बुझेर पोखरा लगेको छ । आँबुखैरेनी अस्पतालमा चार वटा मात्रै शव राख्ने क्षमता भएकाले दूतावासले सबै शव पोखरा लगेको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्याङ्दी नदीमा खसेको हो। बसमा सवार यात्रु सबै भारतको महाराष्ट्रका भएको खुलेको छ।

यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन भएको छ। अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ। घटनास्थलबाट बसमा सवार ४३ यात्रुकै उद्धार भइसकेको डिएसपी रायको भनाइ छ । घाइतेको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ। बस शुक्रबार बिहान ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै