शिक्षा र स्वास्थ्य महङ्गो भयो- नेता कोइराला – Nepalboli

शिक्षा र स्वास्थ्य महङ्गो भयो- नेता कोइराला

   २०८१ भाद्र ४, मंगलवार  

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालको शिक्षा महङ्गो भएको बताउनुभएको छ ।मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

नेता कोइरालाले शिक्षा र स्वास्थ्यको महङ्गी हटाउनुपर्ने जानकारी दिनुभयो । उहाँले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेता कोइरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताउनुभयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै