संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित – Nepalboli

संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

   २०८१ श्रावण ३१, बिहीबार  

संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो ।

बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गर्नुभएको हो । ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहनुभएका नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गर्नुभयो । आज साँझ सभामुख देवराज घिमिरेबाट नवनिर्वाचित न्यौपानेले शपथ ग्रहण गर्दै हुनुहुन्छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै