प्रतिनिधि सभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर – Nepalboli

प्रतिनिधि सभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

   २०८१ श्रावण ३०, बुधबार  

प्रतिनिधि सभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा दिन आग्रह गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौ ६ गते अपराह्न १ बजे बस्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै