सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयक प्रतिनिधि सभाबाट पारित
प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो।
सभामुख देवराज घिमिरेले विधेयक सभाको बैठकबाट पारित भएको घोषणा गर्नुभयो।
विद्येयक पारित अघि प्रधानमन्त्री केपी ओली सहित काग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दहाल प्रचण्डले संसदमा आआफनो धारणा राखेका थिए ।