रमेश खरेलद्धारा कुलमान घिसिङ विरुद्धअख्तियारमा भ्रष्टाचारको उजुरी – Nepalboli

रमेश खरेलद्धारा कुलमान घिसिङ विरुद्धअख्तियारमा भ्रष्टाचारको उजुरी

   २०८१ श्रावण २९, मंगलवार  

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। कुलमानको सम्पत्तिसहित विभिन्न विषयमा अनुसन्धानको माग गर्दै खरेलले आयोगमा उजुरी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका छन्।

कुलमान अर्बौंको मालिक भएको भन्दै १७ वटा बैंक खाता खोलेर एक वर्षमा ठूलो रकम कारोबार गरेको उनको आरोप छ।

खरेलले ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको दाबी गरेका छन्। उनले आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी पीपीए गरेकोसमेत उल्लेख गरेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै