कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले लिए शपथ – Nepalboli

कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले लिए शपथ

   २०८१ श्रावण २०, आईतवार  

काठमाडौं कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कांग्रेसका राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरूले आइतबारै पदभार ग्रहण गर्ने छन्।

केन्द्रमा गठबन्धन फेरिएपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुनःगठन गठन गरेका हुन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै