रास्वपा केन्द्रीय समितिको बैठक सुरु – Nepalboli

रास्वपा केन्द्रीय समितिको बैठक सुरु

   २०८१ श्रावण १०, बिहीबार  

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ। बैठक बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा सुरू भएको हो। रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार बैठकको सुरूवातमा प्राकृतिक प्रकोप र दुर्घटनाबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

विभिन्न ९ एजेन्डामाथि बैठकमा छलफल सुरू भएको छ। विधान संशोधन, विभाग प्रमुख मनोनयन, कर्णाली विशेष अभियान लगायतका विषय एजेन्डामा राखिएका छन्।

यी हुन् छलफलका विषयहरुः
१। पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्था बारे जानकारी
२। विभाग प्रमुख मनोनयनबारे छलफल
३। विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन
४। क्लोज क्याम्प बारे छलफल
५। कर्णाली विशेष अभियान
६। प्रदेश अभिमुखिकरण र जिल्ला बैठक र जिल्ला बहस
७। सल्लाहकार परिषद्मा मनोनयन
८। केन्द्रीय विभागको बाँकी रहेको मनोनयन वारे छलफल र अनुमोदन
९। विविध

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै