बीआरआई परियोजना विस्तृत छलफल गरेर मात्रै अघि बढ्छ- परराष्ट्रमन्त्री राणा – Nepalboli

बीआरआई परियोजना विस्तृत छलफल गरेर मात्रै अघि बढ्छ- परराष्ट्रमन्त्री राणा

   २०८१ श्रावण ९, बुधबार  

परराष्ट्रमन्त्री डा। आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताउनुभएको छ । सो परियोजना कार्यान्वयनसम्बन्धी योजनाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला मन्त्री राणाले सो अडान राख्नुभएको हो । बुधवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सो परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मन्त्री राणाले व्यक्त गर्नुभयो ।

उहाँले सो परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने बारेमा सरकारभित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षसँग पनि विस्तुत छलफल गरेर अघि बढाइने बताउनुभयो । एमसीसी संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बीआरआई सम्बन्धी पनि जति पनि कुरा आइरहेका छन् । त्यसमा पनि एउटा ब्रड फ्रेमवर्क २०१७ मा नै साइन भएको हो । र इम्पिलिमेन्टेशन डकुमेन्टको बारेमा चाहिँ छलफल मात्रै सुरु भएको छ । अहिले यही नै गरिहाल्ने, यो मोडालिटीमा जाने अब यो ऋण लिने हो कि लोन लिने हो कि रु कुन कुन प्रोजेक्टमा जाने भन्ने त्यो कुनै पनि तय भएको छैन । अब यसमा लार्जर छलफलमा जानुपर्छ । कुनै पनि टिटीहरु साइन गर्ने भन्दा अगाडि व्यापक बहस गर्नुपर्छ । अहिलेको मात्रै होइन भविष्यको नेपालको बाटो पनि यसले खिच्छ । यसको लागि छलफल हुनु जरुरी छ । जस्तो एमसीसीमा पनि व्यापक छलफल भयो ।’’

मन्त्री राणाले सो परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको बताउनुभयो । सम्बन्धित सबै पक्षसँग छलफल गरेर अघि बढाउने उहाँको भनाइ थियो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै