विमान दुर्घटनामा जिवितै उद्धार गरिएका पाइलटलाई आइसीयूमा राखेर उपचार गरिदै – Nepalboli

विमान दुर्घटनामा जिवितै उद्धार गरिएका पाइलटलाई आइसीयूमा राखेर उपचार गरिदै

   २०८१ श्रावण ९, बुधबार  

वुधवार काठमाडौ विमानस्थल मै भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा जिवितै उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यलाई सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार थालिएको छ । पाइलट शाक्यको काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सकले दिएको जानकारी अनुसार पाइलट शाक्यको टाउको र शरीरमा चोट लागेको छ। उनलाई आकस्मिक कक्षबाट आइसीयूमा थप उपचारका लागि शारीएको हो।

आइसीयूमा सार्नुअघि उहाँ (पाइलट शाक्य) को एमआरआइ र सिटी स्क्यान गरिएको थियो। सो क्रममा मस्तिस्क केही सुन्निएको पाइएको छ, उपचारमा संगलन चिकित्सकले भने, उहाँको टाउकोमा चोट छ भने शरीरका अन्य भागमा पनि चोट छ।

घाइते पाइलटको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल पुगेका छन्। दुर्घटनास्थलबाट अस्पतालमा पुर्या इएका ३७ वर्षीय पाइलट शाक्यले आकस्मिक कक्षमा पुगे लगत्तै फोन मागेका थिए।

दुर्घटनामा घाइते पाइलट शाक्यको शरीरमा जलन भएको छैन। तर उनको शरीरमा विभिन्न स्थानमा भने चोट लागेको छ। उनको मुखबाट पनि रगत आइरहेको थियो। पाइलटको सेतो ड्रेस भएकाले कुमदेखि तलको केही भागसम्म रगत लागेको प्रस्ट देखिएको थियो, चिकित्सकले भने, अहिलेसम्मको अवस्था हेर्दा उहाँको स्वास्थ्य अवस्था त्यति खतरायुक्त भने छैन। मस्तिस्कको सुन्नाइ र चोटको अवस्था केही समय अब्जर्भ गरेपछि थप जानकारी दिन सकिन्छ।

काठमाडौ विमानस्थलमा आज बिहान ११ बजेर ११ मिनेट जाँदा पोखराका लागि उडेको विमान दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर १८ जना यात्रुको मृत्यु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै