प्रधानमन्त्री ओलीद्धारा विमान दुर्घटनास्थलको निरीक्षण, दुख व्यक्त – Nepalboli

प्रधानमन्त्री ओलीद्धारा विमान दुर्घटनास्थलको निरीक्षण, दुख व्यक्त

   २०८१ श्रावण ९, बुधबार  

प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुग्नुभएको छ । यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको थियो ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज आज बिहान दुर्घटनामा परेको थियो । सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनाग्रस्त विमानमा सवार १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ। नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज विमानस्थलमै दुर्घटना भएको हो। प्रधानमन्त्री ओलीले यो दुःखको घडीमा धैर्य रहन सबैलाई अनुरोध गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ। यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु।’’

काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज बुधबार बिहान दुर्घटनामा परेको हो। सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनाग्रस्त विमानमा सवार १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै