रास्वपाले दर्ता गरायो विपद् व्यवस्थापनबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव – Nepalboli

रास्वपाले दर्ता गरायो विपद् व्यवस्थापनबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

   २०८१ श्रावण ७, सोमबार  

राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापन पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारीबारे संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ ।रास्वपा सांसद तोसिमा कार्की प्रस्तावक र सन्तोष परियार, गणेश पराजुली, असिम शाह, विराजभक्त श्रेष्ठ, निशा डाँगी र विन्दवासिनी कंसकार समर्थक रहेको प्रस्ताव सोमबार सङ्घीय संसद् सचिवालयमा दर्ता गरिएको हो ।

प्रस्तावमार्फत उनीहरूले जनताको जीवन सुरक्षाको दायित्व बहन, मौलिक हक–अधिकार निश्चित गर्नुपर्ने, आकस्मिक स्वास्थ्य सङ्कटको अवस्था हुन सक्ने भन्दै त्यसबारे संसद्‌मा छलफल गर्नुपर्ने कारण खुलाएका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै