धनगढीमा अस्पताल बनाउने भन्दै चर्च सञ्चालन, उपमहानगरले माग्यो जवाफ – Nepalboli

धनगढीमा अस्पताल बनाउने भन्दै चर्च सञ्चालन, उपमहानगरले माग्यो जवाफ

   २०८१ श्रावण ७, सोमबार  

कैलालीको धनगढीमा अस्पताल बनाउने भन्दै तयार पारिएको संरचनामा चर्च सञ्चालन भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल खोल्ने भन्दै बनाइएको भवनमा चर्च सञ्चालन भएको हो । भवन निर्माण भएको जग्गाधनी प्रभाकर भण्डारीसगं अस्पताल निर्माणका लागी सम्झौता गरिएपनि त्यसमा चर्च सञ्चालन भएको हो । सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिइएपनि नेपाल लाइफ वर्ड मिसनले लेट मेइन धनगढी प्रालि नामक संस्था बनाएर चर्च सञ्चालन भएको हो ।

छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान चर्च भवन निर्माण गरेर चर्च सञ्चालन भएको भन्दै स्थानियले आपत्ति जनाएका हुन् । ‘इसाई धमावलम्बीको बसोबास नभएको समुदायमा झुक्याएर चर्च खोलिएको भन्दै स्थानिय आक्रोसित छन् ।

२०८१ बैशाख ६ गते ७ नम्बर वडा कार्यालयबाट सेमिनार र तालिम सञ्चालन गर्ने इजाजत लिएर असार १५ गतेबाट इसाई संगति लाग्न थालेको स्थानियहरु बताउँछन् । चर्चमा दुई जना दक्षिण कोरियाका नागरिक पनि धर्म प्रचार गर्न बसेको पाइएको छ । चर्चमा १० वर्षदेखि इसाईमा लागेकोदेखि भर्खरै इसाई स्वीकार गरेका व्यक्तिहरू समेत भेटिएका थिए । चर्च परिसरमै प्रदेश ३–०१–०२२ च ५६९२ नम्बरको कार पार्किङ गरिएको थियो। कारको अगाडिको सिसामा अस्पताल जनाउने अङ्ग्रेजी ‘एच’ लेखिएको लोगो टाँसिएको छ । इसाईको प्रचारमा आएका कोरियनहरूलाई गाउँ लैजाँदा सो गाडीको प्रयोग हुने गरेको छ ।

उपमहानगरले माग्यो जवाफ
अस्पताल खोल्ने भन्दै भवन निर्माण गरी चर्च चलाउने लेट मेइन धनगढी प्रालिलाई धनगढी उपमहानगरपालिकाले २४ घण्टा भित्र लिखित जवाफ दिन पत्र काटेको छ। अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरेर धर्म परिवर्तन गर्न कोरियन नागरिक संलग्न भएको विषयमा लिखित जवाफ तथा प्रमाणहरू पेश गर्न उपमहानगरले सोमवार पत्र काटेको हो।

उपमहानगरपालिकाले समाचार तथा स्थानीयको समेत गुनासो आएकाले लेट मेइन धनगढी प्रालिलाई पत्र काटेर संस्था दर्ता भएर नभएको, भवनको नक्सा पास भए/नभएको, जग्गा धनीसँग गरिएको सम्झौता, सम्झौता बमोजिम कार्यक्रम भएर नभएको लगायतका प्रमाण माग गरेको छ। उपमहानगरपालिकाले संस्थासँग हालसम्म चलाएको कार्यक्रमको अभिलेख सहितको लिखित जवाफ मागेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै