असार मसान्तसम्म १४ खर्ब मात्रै बजेट खर्च, कति उठ्यो राजस्व – Nepalboli

असार मसान्तसम्म १४ खर्ब मात्रै बजेट खर्च, कति उठ्यो राजस्व

   २०८१ असार ३१, सोमबार  

सरकारले आर्थिक वर्ष २०८०/०८१ मा १४ खर्ब ८ अर्ब रुपैयाँ खर्च गरेको छ। २०८० को असार मसान्तसम्म ८०.४५ प्रतिशत बजेट खर्च भएको हो। सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेकोमा १४ खर्ब ८ अर्ब रुपैयाँ मात्रै खर्च गरेको हो।

सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत बजेट रहेकोमा १ खर्ब ९१ अर्ब रुपैयाँ खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेकोमा २ खर्ब ६४ अर्ब रुपैयाँ खर्च भएको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू खर्च ८३.४३ प्रतिशत हुँदा पुँजीगत खर्च ६३.४३ प्रतिशत छ। वित्तीय व्यवस्थापनतर्फ ८६ प्रतिशत छ।

सरकारले राजस्व संकलन ७२.४३ प्रतिशत गरेको छ। १४ अर्ब २२ अर्ब रुपैयाँ लक्ष्य राखिएकोमा १० खर्ब ३० अर्ब रुपैयाँ रहेको छ। जसमा करबाट ९ खर्ब २७ अर्ब र गैरकर आम्दानी १ खर्ब ३ अर्ब रुपैयाँ उठेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै