त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीका लागि गोताखोर परिचालन – Nepalboli

त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीका लागि गोताखोर परिचालन

   २०८१ असार २८, शुक्रबार  

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएका दुई बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी सुरु गरेको हो । शिक्षालयबाट ७ गोताखोरसहित २५ जनाको टोली परिचालन गरिएको हो ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्सको यात्रुवाहक बस र काठमाण्डौबाट गौरतर्फ जांदै गरेको गणपति डिलक्सको बस पहिरोले बगाएको आशंका छ ।
दुवै बसमा सवार ६५ जनाको अवस्था अज्ञात छ । तीन यात्रु भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै