चार लाख रुपियाँ घुस सहित नापी सर्भेक्षक र लेखापढी व्यवसायी पक्राउ – Nepalboli

चार लाख रुपियाँ घुस सहित नापी सर्भेक्षक र लेखापढी व्यवसायी पक्राउ

   २०८१ असार २८, शुक्रबार  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव र आर।बि। लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग चार लाख रुपियाँ घुस लिइसकेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी प्रवक्ता नरहरि घिमिरेले दिनुभयो । महानगरपालिका वडा नं १२ हनुमानस्थान, लगनखेलमा रहेको आर।बि। सेन्टरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै