प्रतिनिधि र राष्ट्रिय सभाको बैठक स्थगित – Nepalboli

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक स्थगित

   २०८१ असार २७, बिहीबार  

आज बस्ने भनिएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बिहीबार अपराह्नबाट सुरु भएको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको थियो ।

लगत्तै सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम (५) बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको जानकारी गराउनुभयो । उहाँले बैठकमा कुनैपनि मन्त्रीको उपस्थिति नरहेको भन्दै बैठक शुक्रवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको घोषणा गर्नुभयो ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्रस्ताव पेस गर्नुहुने छ ।

आजको राष्ट्रिय सभाको बैठक पनि स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो । आज अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै