सत्ता गठबन्धनका तीन शिर्ष नेताहरु विच छलफल – Nepalboli

सत्ता गठबन्धनका तीन शिर्ष नेताहरु विच छलफल

   २०८० फाल्गुन २९, मंगलवार  

सत्ता साझेदार प्रमुख तीन दलका शिर्ष नेताहरु बीच छलफल भएको छ । माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच परिवर्तित राजनीतिक समिकरणका विषयमा छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी थिए ।

नेकपा एकीकृत समाजवादीले पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत दिने चेतावनी दिएपछि सत्ता साझेदार तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

अघिल्लो गठबन्धनमा एक वर्ष प्रधानमन्त्री पाउने सहमति भएको भन्दै यो गठबन्धनमा पनि आफुले एक वर्षे प्रधानमन्त्री पाउनुपर्ने अध्यक्ष नेपालको माग छ ।

सोही मागमा प्रधानमन्त्री प्रचण्डले लिखित सहमति जनाउनु पर्ने एकीकृत समाजवादीका नेताहरुले आज ११ बजेसम्मको अल्टिमेटम दिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै