एमालेले संसदीय दलको बैठक बोलायो – Nepalboli

एमालेले संसदीय दलको बैठक बोलायो

   २०८० फाल्गुन २९, मंगलवार  

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

सत्ता गठबन्धन एमालेले यही विषयमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार आजको बैठकमा आफ्ना सांसदलाई विश्वासको मत दिन पार्टीले ह्विप जारी गर्ने छ । फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

गठबन्धन दलले सरकारप्रतिको समर्थन फिर्ता लिए पछि प्रचण्ड सरकारले फेरि विश्वासको मत लिनुपर्ने भएको हो । प्रधानमन्त्री प्रचण्डले एक वर्षमा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै