‘गौशाला–२६’ भन्दै फोटो सार्वजनिक गर्ने प्रहरीद्धारा पक्राउ – Nepalboli

‘गौशाला–२६’ भन्दै फोटो सार्वजनिक गर्ने प्रहरीद्धारा पक्राउ

   २०८० माघ ३, बुधबार  

बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकिएपछि पीडित युवतीभन्दै फोटो सार्वजनिक गर्ने एक युवक पक्राउ परेका छन् । एक युवतीले फोटो सार्वजनिक गर्नेलाई कारबाहीको माग गर्दै उजुरी दिएपछि संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राई पक्राउ परेका हुन् ।

उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट बुधबार नै पक्राउ गरी काठमाडौं ल्याएको हो ।उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरो स्रोतले जनाएको छ।

पक्राउ परेकालाई विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ । जिल्ला अदालत, काठमाडौंले सन्दीपलाई अघिल्लो साता बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो ।

त्यसपछि केही समर्थकहरूले पीडित गौशाला २६ भन्दै विभिन्न तस्बिर र व्यक्तिगत विवरणहरू सार्वजनिक राइरहेका छन् । जिल्ला अदालत काठमाडौंले १३ पुसमा क्रिकेटर सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै