रास्वपाले टुंग्यायो १३ विभागका प्रमुख, दुई उपप्रमुख पनि मनोनित – Nepalboli

रास्वपाले टुंग्यायो १३ विभागका प्रमुख, दुई उपप्रमुख पनि मनोनित

   २०८३ आश्विन १८, आईतवार  

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संगठनका १३ वटा विभागको नेतृत्व तोकेको छ । शनिबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले विभागीय प्रमुखसँगै दुई विभागका उपप्रमुखसमेत मनोनयन गरेको हो ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार रास्वपाले प्रवास सम्पर्क विभागको जिम्मेवारी मनिष झालाई दिएको छ । आर्थिक व्यवस्थापन विभागको प्रमुखमा डा. मनोहर प्रधान, कानुन मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिकता विभागमा रुविना आचार्यलाई मनोनित गरिएको छ ।

त्यस्तै, सुशासन तथा राज्य व्यवस्था विभागको प्रमुखमा सुदिप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता र श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह (महोत्तरी)लाई जिम्मेवारी दिइएको छ ।

रास्वपाले आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागको नेतृत्व शर्मिला खनाललाई दिएको छ । विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी तथा वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसीलाई प्रमुख तोकिएको छ ।

यसैगरी सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागको प्रमुखमा रिमा विश्वकर्मा मनोनित भएकी छन् ।

बैठकले अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लीश्वर कार्कीलाई जिम्मेवारी दिएको प्रवक्ता खरेलले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै