प्रेस्किप्सनबिना साइक्याट्रिक औषधि बिक्रीमा कडाइ – Nepalboli

प्रेस्किप्सनबिना साइक्याट्रिक औषधि बिक्रीमा कडाइ

   २ माघ २०८०, मंगलवार  

काठमाडौको गोकर्णश्वर नगरपालिकाले प्रेस्किप्सनबिना साइक्याटिक औषधि बिक्रिवितरण गरेको पाइएमा फार्मेसी सिल गर्ने चेतावनी दिएको छ । नगरपालिकाअन्तर्गत रहेका औषधि पसल तथा क्लिनिकहरुबाट चिकित्सकको सिफारिस विना साइक्याट्रिक औषधिहरु लागु औषधिको रुपमा बिक्रिवितरण भएको भन्ने सुचना आएकोले नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

विज्ञप्तीमा लागु औषधि नियन्त्रण गर्न अपरिहार्य भएकाले यदि प्रेस्किप्सनबिना साइक्याट्रिक औषधि विक्रिवितरण भएमा कानुन बमोजिम कडा भन्दा कडा कारवाही गरिने र औषधि पसल क्लिनिकलाई सिल गरिने उल्लेख छ ।

साथै, नगपालिका अन्तर्गत सञ्चालनमा रहेका अस्पताल, औषधि पसल, क्लिनिकलाई चिकित्सा र आयुर्वेदिक औषधि पसल नगरपालिका कार्यालयमा सूचिकृत गराई व्यावसाय दर्ता गरेर मात्र सञ्चालन गर्न सबैलाई निर्देशन दिएको छ । व्यावसाय दर्ता नगरी सञ्चालन गरेमा नियमानुसार कारवाही गरिने पनि नगरपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै