काठमाडौं महानगरको नगरसभा सम्पन्न – Nepalboli

काठमाडौं महानगरको नगरसभा सम्पन्न

   २०८० माघ १, सोमबार  

काठमाडौं महानगरपालिकाको नगर सभा आइतबार सम्पन्न भएको छ। गत बुधबार स्थगित गरिएको नगर सभा भएको थियो। सभा कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बसिएको थियो। प्रस्तावित संसोधनलाई आधार मानी काठमाडौं महानगरपालिका विनियोजन ऐन २०८० संसोधन गर्ने विधेयक समेत काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पेश गरेकी थिइन् ।

राजस्व २४ अर्ब चार करोठ ५४ लाख मध्ये पुस २६ गतेसम्म ४ अर्ब २७ करोड ४१ लाख खर्च भएको उपमेयर डंगोलले बताएकी थिइन्। जुन बिनियोजित बजेटको १७ दशमलव ७८ प्रतिशत हो।

नगर सभामा काठमाडौं महानगरपालिका विनियोजन ऐन २०८० पहिलो संशोधन, चालु आर्थिक वर्ष ०८०/०८१ मा कार्यक्रम तथा बजेटमा संशोधन प्रस्ताव, आर्थिक ऐन, सञ्चार तथा सूचना ऐन, जनप्रतिनिधि सुविधा ऐन २०७९ पहिलो संशोधन विधेयक प्रस्तुत गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै