एकीकृत समाजवादीले मन्त्रीहरूको कामको मूल्यांकन कार्ड माग्ने – Nepalboli

एकीकृत समाजवादीले मन्त्रीहरूको कामको मूल्यांकन कार्ड माग्ने

   २०८० माघ १, सोमबार  

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सहभागी आफ्नो दलका मन्त्रीहरूको कामको मूल्यांकन गर्ने भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठक मन्त्रीहरूको रिपोर्ट कार्ड मागेर उनीहरूको कामको मूल्यांकन गर्ने निर्णय भएको जानकारी दिएका छन्।

एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषिमन्त्री र प्रकाश ज्वाला भौतिक योजना तथा पूर्वाधार मन्त्री छन्। उनीहरूमध्ये भुसाल पार्टी उपाध्यक्ष र ज्वाला उपमहासचिव छन्।

त्यसैगरी राष्ट्रिय सभाकी सदस्य रहेकी नन्दा चापागाईं भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री रहेकी छन्।  खतिवडाका अनुसार उनीहरूको रिपोर्ट कार्ड आइसकेपछि माघ ११ गतेपछि हुने मन्त्रिपरिषद् सदस्य हेरफेरबारे उचित निर्णय लिइनेछ।

यसैगरी बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदारलाई जिताउन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय पनि गरेको खतिवडाले बताए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै