एमाले केन्द्रीय सदस्य उज्ज्वल माओवादीमा प्रवेश
नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई पार्टीमा स्वागत गरे । खड्का पूर्वराष्ट्रिय सभा सदस्यसमेत हुन् ।
खड्का एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसँगै नेकपाकालपछि एमालेमा बसेका हुन् । उनी माओवादीको युद्धकालीन समयदेखि नै विशेष जिम्मेवारी लिएका नेता हुन् । पछिल्लो समय एमालेले उपयुक्त जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।