सत्ता गठबन्धनले तीन प्रदेशमा अन्तर्क्रिया कार्यक्रम गर्दै
सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन लक्षित गरी तीन वटा प्रदेशमा कार्यक्रम गर्ने भएको छ । गठबन्धनले आसन्न माघ पहिलो साता कोशी, मधेस र बागमती प्रदेशमा राष्ट्रियसभाका मतदातासँगको अन्तर्क्रिया कार्यक्रम गर्न लागेको हो ।
आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठक अनुसार माघ ६ मा बागमती प्रदेशको काठमाडौँ, माघ ७ गते मधेस प्रदेशको जनकपुर र माघ ८ गते कोशी प्रदेशको विराटनगरमा मतदातासँग अन्तरक्रिया कार्यक्रम हुने छ ।
उक्त कार्यक्रममा सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि गठित केन्द्रीय समन्वय समितिका संयोजक रमेश लेखक, सदस्यहरू वर्षमान पुन, राजेन्द्र पाण्डे र मनिष सुमनको सहभागिता रहनेछ ।