सत्ता गठबन्धनका शिर्ष नेताहरुद्धारा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिन अपिल
बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन सामुहिक अपिल जारी गरेका छन । अपिलमा प्रधानमन्त्री प्रचण्ड, काग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी एकिकृतका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उज्मुक्ति पार्टीको तर्फवाट रन्ज्तिा श्रेष्ठ, लोसपाका तर्फवाट अध्यक्ष महन्थ ठाकुर र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन । सतासमिकरणमा रहेको जनमत पार्टी भन्ने राष्ट्रिय सभा निर्वाचनमा साथै देखिएको छैन । उक्त पार्टीले मधेश प्रदेश र लुम्बिनीमा छुटै उम्मेदवारी दिएका छन ।
अपिलमा गठबन्धनका १९ ओटै उम्मेदवारलाई मत दिन सबै मतदातामा अपिल गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत छलफल भएको जानकारी दिएका छन।
