सीमा समस्याबारे समाधानका प्रयास भइरहेको छ – परराष्ट्रमन्त्री – Nepalboli

सीमा समस्याबारे समाधानका प्रयास भइरहेको छ – परराष्ट्रमन्त्री

   २९ पुष २०८०, आईतवार  

परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताएका छन्। शनिबार नेपाल प्रेस युनियन बैतडीले पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुप अहिले पनि काम गरिरहेको बताए।

‘कालापानी, लिम्पियाधुरा लिपुलेक, सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको छ। जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपको बैठकमा ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताको बारेमा छलफल गर्ने एक बुँदा नै छ,’ उनले भने। यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको उनले बताए।

उनले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनबारे पूर्णरूपमा सजग रहेको समेत बताए। सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुंग्याउने प्रयास भइरहेको उनको भनाइ थियो।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै