नेपाल र भारत विच रहेको अन्तर-सरकारी उपसमिति आइजीएससी बैठक काठमाडौमा सम्पन्न – Nepalboli

नेपाल र भारत विच रहेको अन्तर-सरकारी उपसमिति आइजीएससी बैठक काठमाडौमा सम्पन्न

   २०८० पुष २९, आईतवार  

अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को बैठक काठमाडौ सम्पन्न भएको छ । बैठक गएको २७ र २८ गते बसेको थियो ।

बैठकमा भारतको प्रतिनिधत्व काठमाडौँ स्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ भारतीय अधिकारी सम्मिलित टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव श्री विपुल बंशलले गरेका थिए भने नेपाली मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री रामचन्द्र तिवारीले गरेका थिए ।

व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको यो बैठकले विभिन्न महत्वपूर्ण विषयहरूमा व्यापक छलफल गरेको जनाइएको छ । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँच बारे छलफल गरेका छन । त्यसै गरि भारतीय पक्षले एफडीआईलाई प्रोत्साहन गर्न पेरिस महासन्धिको प्रावधान अनुसार आईपीआर व्यवस्थाको आवश्यकता माथि प्रकाश पारेका थिए ।

नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबीचको निर्बाध अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न द्विपक्षीय पहलको आवश्यकतालाई बैठकले जोड दिएको छ । समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहलहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपालको आयात र निर्यातमा उल्लेखनीय योगदान पुर्याइरहेको भारत नेपालको प्रमुख व्यापार र लगानी साझेदारको रूपमा रहेको छ । यस बैठकमा भएको छलफलले दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै