दाङ बस दुर्घटनाका मृतक १२ जनाकै सनाखत – Nepalboli

दाङ बस दुर्घटनाका मृतक १२ जनाकै सनाखत

   २०८० पुष २९, आईतवार  

दाङ बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाको सनाखत भएको छ। दुर्घटनामा एक महिला र ११ पुरूष गरी १२ जनाको मृत्यु भएको छ।

मृतकमध्ये चितवन भरतपुर उपमहानगरपालिका – २५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका– ३ सिर्जनशील टोलका २५ वर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका–८ का २८ वर्षीय अर्पन थापा र भारतको बहराइज नानपारा बग्लुभौतपुरका ४५ वर्षीय चेतराम सिल्पकारको शनिबार दिउँसो सनाखत भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

त्यसअघि आठ जनाको सनाखत भइसकेको थियो। जसमा बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बनेत, मकवानपुर हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रागिरी नगरपालिका– १५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, जुम्लाको श्रीढुम्का–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेकै ३० वर्षीय रामवरण हरिजन, रूकुमको साविक गोतामकोट गाविस–९ का २५ वर्षीय दिपक कामी, भारतको विहार पूर्वी चम्पारण मलाइका ६७ वर्षीय योगेन्द्र राम जोगेन्द्र रामको बस दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति सवा १० बजेतिर राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै