जसपाद्धारा पार्टीको महाधिवेशन जेठमा गर्ने निर्णय – Nepalboli

जसपाद्धारा पार्टीको महाधिवेशन जेठमा गर्ने निर्णय

   २०८० पुष २७, शुक्रबार  

जनता समाजवादी पार्टी (जसपा) ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने भएको छ ।

शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । प्रवक्ता मनिष सुमनका अनुसार माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय पनि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै