सुदूरपश्चिम सरकारद्धारा आफ्नै विश्वविधालय खोल्ने तयारीमा – Nepalboli

सुदूरपश्चिम सरकारद्धारा आफ्नै विश्वविधालय खोल्ने तयारीमा

   २०८० पुष २७, शुक्रबार  

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नै विश्वविधालय सञ्चालनको तयारी थालेको छ । सरकारद्वारा प्रदेश विश्व विद्यालय तथा उच्चशिक्षाको सम्भाव्यता अध्यायन सम्बन्धि तीन सदस्यीय कार्यदल गठन गरी काम कारबाही अगाडी बढाएको हो ।

यही क्रममा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बिहिबार धनगढीमा आयोजित शिक्षा सम्बन्धि विज्ञ, राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवालासँगको संगोष्ठीको आयोजना गरेर राय, सल्लाह सुझाव लिएको छ ।

सो गोष्ठीको अध्यक्षता गर्नुभएका सामाजिक विकास मन्त्री साँउदले नेपालको संविधानले शिक्षा क्षेत्रलाई तीनै तहका सरकारको साझादायीत्व भित्र राखे पनि उच्च शिक्षा प्रदायक विश्वविधालयहरु संघीय सरकार यस्तै, आधारभूत र माध्यमिक शिक्षालय स्थानीयतह मात हत राखेर शिक्षा सम्बन्धि काम कारबाही अगाडी बढेपछि प्रदेश सरकारको शिक्षामा लगानी हुने तर, दायीत्व बोध नभएपछि सुदूरपश्चिम सरकारले आफ्नै लगानीमा विश्वविधालय स्थापना गर्न लागेको जानकारी दिनुभयो ।

गोष्ठीमा प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी कार्य गर्न गठित समितिका संयोजक डा लबदेव अवस्थी, सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा डा अम्मरराज जोशी र पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले स्थापना गर्न लागेको विश्वविधालयबारे विविधस्तुतिकरण गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै