नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन सुरू – Nepalboli

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन सुरू

   २०८० पुष २६, बिहीबार  

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को प्रथम महाधिवेशन सुरू भएको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा कैलालीको टीकापुरमा महाधिवेशन सुरू भएको हो । संघीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रमुख अतिथि रहेकी छन् ।

उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई विशिष्ट अतिथि बनाइएको छ ।

नाउपाले महाधिवेशनको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने बताएको थियो तर प्रधानमन्त्रीको कार्य व्यवस्तताका कारण अन्तिम समयमा स्थगित भएको नाउपाले जनाएको छ ।

२८ गतेसम्म चल्ने महाधिवेशनले ५०१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै