बम्जनलाई थुनामा पठाउन अदालतको आदेश – Nepalboli

बम्जनलाई थुनामा पठाउन अदालतको आदेश

   २०८० पुष २६, बिहीबार  

जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार तथा मान्छे वेपत्ता बनाएको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई थुनामा पठाउन आदेश दिएको छ। बम्जनको मुद्दा सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बयान हुँदै उक्त आदेश दिएको हो।

सर्लाही जिल्ला अदालतका न्यायाधीश रेग्मीको इजलासमा बम्जनसहित ३ जनाको मुद्दाको सुनुवाइ भएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भए पनि विगत ४ वर्षदेखि फरार रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।

बुधबार मध्य राति उनलाई सर्लाही पुर्‍याइएको थियो। सर्लाही पुर्‍याइएका उनलाई आज (बिहीबार) अदालतमा पेस गरिएको हो। बाल यौन दुराचारको आरोप लागेका बम्जनको बयानपछि थुनछेक बहस भएको थियो।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै