गौशाला २६ को भन्दै युवतीको तस्बिर सार्वजनिक गर्ने रास्वपा कार्यकर्ता निलम्बित – Nepalboli

गौशाला २६ को भन्दै युवतीको तस्बिर सार्वजनिक गर्ने रास्वपा कार्यकर्ता निलम्बित

   २०८० पुष २६, बिहीबार  

क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको निर्णयअनुसार बलात्कारी ठहर भएका लामिछानेबाट पीडित युवतीको भन्दै सामाजिक सञ्जालमा तस्बिर हाल्ने कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरिएको हो।

चितवन निवासी सापकोटा गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल फेसबुक र एक्समा एकजना युवतीका ३ वटा तस्बिर सार्वजनिक गरेका थिए। रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका सापकोटालाई पार्टीको अनुशासन उल्लघंन आरोपमा निलम्बन गरिएको हो।

सापकोटा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको ठहर रास्वपाले गरेको छ। प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौँ, रास्वपाले एक सूचनामा भनेको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै