हत्या र यौन हिंसाका अभियुक्त बम्जनविरूद्ध सुनुवाइ सुरू – Nepalboli

हत्या र यौन हिंसाका अभियुक्त बम्जनविरूद्ध सुनुवाइ सुरू

   २०८० पुष २६, बिहीबार  

हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।  जिल्ला अदालत, सर्लाहीबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो। उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरूद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै