सत्ता गठबन्धनले सबै जिल्लामा समन्वय समिति बनाउने
नेपाल बोली
२५ पुष २०८०, बुधबार
राष्ट्रिय सभामा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन गठबन्धनले ७७ वटै जिल्लामा समन्वय समिति बनाउने भएको छ । गठबन्धनबाट गठित केन्द्रीय समन्वय समितिको आज बुधबार बसेको बैठकले सबै प्रदेश र जिल्लामा समन्वय समिति गठन गर्ने निर्णय गरेको हो ।
११ माघमा हुने राष्ट्रिय निर्वाचनका लागि गठबन्धनले तालमेल गरेको छ । कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक जना उम्मेदवार उठाउने भएको छ ।
गठबन्धनका उम्मेदवार जिताउनका लागि केन्द्रीय तहमा कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा समिति बनाइएको छ । समिति सदस्यमा माओवादी केन्द्रबाट वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्रप्रसाद पाण्डे र जसपाबाट मनिष सुमन सदस्य छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै