क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद गर्ने फैसला सुनाएको छ। जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो । यसअघि जिल्ला अदालतले पीडितलाई बालिग ठहर गरेको थियो ।
अदालत काठमाडौंले क्रिकेटर लामिछानेलाई ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ ।
जिल्लाले बुधबार सजाय निर्धारण गर्दै उनलाई सजाय, जरिवाना र क्षतिपूर्ति निर्धारण गरेको हो । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो।
यसअघि जिल्लाले पीडितलाई बालिग ठहर गरेको थियो। गौशाला २६ लाई परेको मानसिक असरलाईसमेत ख्याल गर्दै २ लाख क्षतिपूर्ति भराउने जिल्लाको फैसलामा भनिएको छ।
लामिछाने उच्च अदालत जाने
क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ ।
तर, क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका छन् ।
अधिवक्ता घिमिरेले जिल्ला अदालतको फैसलालाई आफूहरूले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धी बहसमा आफूहरूले भाग लिएको स्पष्ट पारे । सन्दीप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय होस भन्ने आफूहरुको भनाई रहेको उनले बताए ।