जसपाको राजनीतिक समितिको बैठक आज र भोली

जनता समाजवादी पार्टी जसपाले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । बैठक विहान ११ बजे ललितपुरमा बस्ने छ । आज र भोलि बस्ने बैठकमा बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुन बताइएको छ ।
बैठकमा नेताहरुले अहिलेसम्म गरेका कार्य प्रगति विवरणमा छलफल हुने नेता राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । जसपाले पुस २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।
केन्द्रीय समितिको बैठक बस्नुअघि जसपाको राजनीतिक समितिको बैठक बस्न लागेको हो ।