सहकारीको १२ करोड रुपैयाँ लिएर फरार भएका अध्यक्ष र सदस्य पक्राउ – Nepalboli

सहकारीको १२ करोड रुपैयाँ लिएर फरार भएका अध्यक्ष र सदस्य पक्राउ

   २०८० पुष २३, सोमबार  

सहकारीको १२ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार भएका अध्यक्ष र सदस्य गरी दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष र एक सदस्य छन् । डोटीको शिखर नगरपालिका–७ घर भएका ३१ वर्षीय सहकारीका अध्यक्ष हर्कबहादुर कठायत र काभ्रेको धुलिखेल नगरपालिका–११ का ३५ वर्षीय विनोदकुमार ओझालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

तीनकुनेमा केन्द्रीय कार्यालय भई जोरपाटी र भक्तपुरमा यो सहकारीका शाखा कार्यालय छन् । बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाउने उक्त रकम नै हिनाहिना गरेर उनीहरु फरार भएकोले पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी मवराज अधिकारीले बताए । उनीहरुले १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ हिनाहिना गरेको आरोप लागेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै