जसपाको राजनितीक समिति र केन्द्रीय समिति बैठक आब्हान
जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक समिति र केन्द्रिय समिति बैठक आह्वान गरेको छ । यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा राजनितीक समिति बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ ।
साथै पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरण सम्बन्धी प्रतिवेदन प्रस्तुत हुने बस्नेतले बताउनुभयो । उहाँका अनुसार यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ ।