राष्ट्रिय सभाका लागि एमालेले तय गर्‍यो १९ उम्मेदवार – Nepalboli

राष्ट्रिय सभाका लागि एमालेले तय गर्‍यो १९ उम्मेदवार

   २०८० पुष २२, आईतवार  

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सबै १९ जना उम्मेदवारको नाम तय गरेको छ। एमालेको आइतबार बसेको सचिवालय बैठकले सोमबार मनोनयन गर्ने गरी १९ जना उम्मेदवारको नाम तय गरेको महासचिव शंकर पोखरेलले बताए।

एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) को नाम टुंग्याएको छ। मधेस प्रदेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) उम्मेदवार भएका छन्।

उता बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) को नाम पक्का भएको छ। गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) उम्मेदवार हुने भएका छन्।

लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) लाई उम्मेदवार बनाइएको छ। कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख) उम्मेदवार भएका छन्।

सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गताअल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाइएको महासचिव पोखरेलले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै