एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक – Nepalboli

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

   २०८० पुष २२, आईतवार  

एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। अहिले  साढे १ बजे पार्टी मुख्यालय आलोकनगरमा ७२ औं सचिवालयको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

शनिबार दिउँसो बसेको ७१ औं सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालललाई दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै